झापा ।
झापा मेचीनगर नगरपालिका –६ फाईरिङ चोकबाट अटो टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५१ बर्षीय चन्द्र प्रसाद अधिकारी रहेका छन् ।
पूर्वतर्फ आउदै गरेको मे१ह ६४५० नम्बरको अटोले ठक्कर दिँदा गम्भिर घाईते भएका अधिकारीको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो ।
अटो र चालक झापा मेचीनगर नगरपालिका ६ नकलबन्दाका ३२ बर्षीय सुरेन्द्र राजबंशी ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेका छन् । घटनाकोबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।