बुधबारे ।
बुधबारे जेसीज २०२१ को साधारण सभा डिसेम्बर १ अर्थात् मंसिर १५ देखि १७ गतेसम्म हुनेछ । इलामको पर्यटकिय क्षेत्र अन्तुमा शुरू हुने साधारणसभा १७ गते झापाको बुधबारेमा सम्पन्न बुधबारे जेसिजका अध्यक्ष अािल वाग्लेले बताए ।
मंसिर १५ गते दिउँसो ३ः४५ देखि ४ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको छ । सोही दिन साधारणसभा उद्घाटन र क्यान्डिडेट तालिम हुनेछ । १७ गते ४ बजेदेखि झापाको बुधबारेमा साधारणसभाको बाँकी काम सुरू हुनेछ । क्यान्डिडेट तालिम कार्यकारिणी उपाध्यक्ष अर्जुन ढकाल र १७ गतेको साधारण सभा कार्यकारिणी उपाध्यक्ष कृष्ण ढकालको सम्योजकत्वमा हुनेछ । हालसम्म बुधबारे जेसीजको गतिविधिमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद व्यक्त गरिएको छ ।
अनिल वाग्लेको अध्यक्षतामा बनेको २०२१ को टिमले हालसम्म ८० वटा कार्यक्रम सम्पन्न गरेको छ भने ती कार्यक्रम सप्पन्न हुन १० लाख बढी खर्च भएको जानकारी गराइयो । यस बर्ष नै भवन निर्माण शुरू भएको छ । भवन निर्माणका लागि २० लाख बढीको रकम प्रतिबद्धता भएको छ । २४ वटा संस्था सँग यस बर्ष सहकार्य भएको छ । बुधबारे जेसीज यो बर्ष ४ विधामा नेपाल जेसीजबाट पुरस्कृत भएको छ ।
अन्तिम बोर्ड बैठकमा पूर्व अध्यक्ष सेमन्त पोख्रेल, हेमन्त बराल सहित बोर्ड पदाधिकारीको उपस्थिति थियो ।