झापा ।
झापाको छुट्टा छुट्टै दुई स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बसपार्कको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ बसपार्कबाट बिर्तामोड नगरपालिका ५ का २४ बर्षीय अभिषेक राजबंशीको साथबाट ब्राउन सुगर ३ ग्राम ३३० मिलिग्राम बरामद गरेको छ ।
ब्राउन सुगर बरामद भएपछि उनले सवार गरेको ज८प ८१३२ नम्बरको मोटरसाईकलसहित पक्राउ गरिएको हो । यसै गरी सोही स्थानबाट बसपार्कबाटै प्रहरी टोलीले बसपार्क एक होटल संचालिका ताप्लेजुङ श्रृजंगा गाऊपालिका ३ की २० बर्षीया अनिसा भट्टराई र ईलाम ईलाम नगरपालिका ६ का २८ बर्षीय मनिष राईलाई ब्राउन सुगरको कारोबार गरिरहेको अबस्थामा पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ब्राउन सगुर १ ग्राम २७० मिलि ग्राम बरामद गरिएको छ । पक्राउ परेका तिनैजनालाई ईलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको छ ।