सुरुङ्गा ।
नेपाल राष्ट्रिय शिक्षक संगठन झापाको १३ औं अधिवेशन झापाको सुरुङ्गामा शनिवार सम्पन्न भएको छ । संगठनका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको सम्मेलनमा संगठनका केन्द्रिय अध्यक्ष लक्ष्मण शर्माको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत संगठनका झापा उपाध्यक्ष अम्बिका बास्तोलाले गरेको कार्यक्रमको सञ्चालन सचिव उमेश शाहले गरेको थिए । कार्यक्रममा संगठनका इलाम अध्यक्ष प्रकाश खनाल, पेशागत महासंघ झापाका अध्यक्ष रामप्रसाद दवाडी, संगठका प्रदेश नं. १ अध्यक्ष बुद्धिमान कार्की, केन्द्रीय सदस्य नारायणप्रसाद गौतम, लेखक दिनेश अधिकारीलगायतले शुभकामना मन्तव्य राखेको नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) का झापा अध्यक्ष धमेन्द्र भट्टराई मामाले जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष अधिकारीले सागठानिक प्रतवेदन प्रस्तुत गरेका थिए । सो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।