झापा । 

बलिउड अभिनेता शाहरुख खान हिन्दी फिल्म क्षेत्रमा ‘किङ्ग खान’को नामले पनि परिचित  छन् । आफ्नो मेहनतले शाहरुख खानले बलिउड फिल्म क्षेत्रमा अलग्गै ठाउँ बनाएका छन् । 

 ३३ बर्षदेखि निरन्तर रुपमा शाहरुख खानले दर्शकलाई मनोरञ्जन दिदै आएका छन् । त्यसैले पनि शाहरुख खानका प्रशंसकले उनका फिल्म मात्र मन पराउँदैनन् । उनको सुख दुःखमा पनि साथ र सहयोग गर्छन् ।

केही पर्दा त्यसको सामना गर्न अगाडि उभिन्छन् ।  त्यसैले केहि समय अघि उनका छोरा आर्यन खान लागूऔषधमा फसेर पक्राउ पर्दा त्यस समयमा  शाहरुख खान प्रशंसकले उनलाई धेरै साथ, सहयोग साथै समर्थन गरेका थिए । 

एजेन्सीको सहयोगमा