बिर्तामोड ।
एकपछि अर्को गीत गाएर आफुलाई गायन क्षेत्रमा स्थापीत गराउँदै आएकी गायिका तारा दुलालले नयाँ गीत दर्शक माझ लिएर आएकी छिन् ।

गायिका दुलाले पूर्वेली लोक भाकामा आधारित रहेको ‘काँधैमा झोला भिरेर’ बोलको गीत गायिका तारा दुलाल युट्व च्यानल मार्फत सार्वजनिक गरेकी हुन्् ।
गायक कृष्णभक्त राई र दुलालको स्वर रहेको गीतले विशेष गरेर पूर्वलीहरुको मन छुनेमा दुईमत छैन । गायिका दुलालको प्रस्तुती रहेको गीतमा शब्द तथा लय संकलन देवराज छारा राईको रहेको छ ।