झापा । 

लागू औषमा फसेको आरोपमा पक्राउ परेका अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई जमानत दिइएकोे छ ।  आर्यन खानको साथ पक्राउ परेका अन्य दुई जनालाई पनि  बम्बे उच्च अदालतले जमानतमा छोडेको छ ।

तर,  अदालतको आदेशको प्रक्रिया नपुगेले तीनैजनालाई शुक्रवार या शनिवार मात्र छोडिने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  लागूऔषधको लामो सुनवाईपछि  अक्टुवर २७ तारिखमा फैसला हुन सकेको थिइन । बम्वे उच्च अदालतले आर्यन खानको जमानत निवेदनमा सुनवाई गरेर उनलाई  छोड्न लागेको हो ।

एएसजी अनिल सिंहको  धेरै प्रयासको बहसपछि अदालतले आर्यनलाई जमानत दिएको हो ।   आर्यनलाई जमानत दिनमा पूर्व अटर्नी जनरल मुकुल रोहतगीको हात रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  लामो बहसपछि आर्यन खानले जमानत पाएका हुन् ।   

एजेन्सीको सहयोगमा