- सुदिप गिरी
हल्दिवारी ।
झापा हल्दिबारी गाउँपालिका वडा न २ मा भेलागडी सिमसार तथा पर्यटकीय क्षेत्रमा वडा दशैंका अवसरमा सांस्कृतिक कार्यक्रम २०७८ सम्पन्न भएको छ ।

क्षितिज संगित साधना प्रतिस्ठानको सोमवार आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीको प्रमुख आतित्थय रहेको थियो ।
उपाध्यक्ष गिरीले तामाको पानसमा दिप बालेर साँस्कृतिककार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा नृत्य, स्टेज नाटक, हास्य ब्याङ्गय क्यारिकेचर प्रस्तुत भएको थियो । कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियोे । प्रवेश शुल्क निःशुल्क गरेको कार्यक्रममा अधिकांश स्थानीयको सहभागी रहेको थियो ।