• रञ्जित परियार 

शान्तिनगर । 

कान्छा कान्छी पिङ्ग तथा कयाफे साहसिक खेल स्विङ्ग एक कार्यक्रमको बिच उदघाट्न भएको छ । बुद्धशान्ती गाउँपालिका–७ स्थित सुनमाइमा रहेको यो साहसिक खेलसहित रुखको छ्हारीमा बसेर टिमार्इ खोला र हरियाली नियाल्दै रमाइलो लिन सक्ने र यो एउटा पर्यटकका लागि नौलो स्वाद राम्रो गन्तब्य रहेको छ ।

एक करोड बराबर लगानी र सम्पुर्ण बिदेशी सामग्रीले निर्माण गरिएको साथै खेलाडीका लागि १० लाखसम्मको दुर्घटना बिमा समेत रहेको खेलका लागि पाँच सय रुपैयाँ शुल्क लिइने  संचालक सुनिल ढुंगानाले बताए ।

कार्यक्रममा बिदेशी अनुभवलाई स्थानीय बिकासका लागि लगानी गरि आफू र अरुलार्इ समेत रोजगार बनाएको र प्रकृतिको धनी रहेको शान्तिनगरलाई दिगो बिकासका लागि योजनाहरु बनार्इ सयौं युवाहरुलार्इ  गरिखान सक्ने बनाउनु पर्ने भन्दै स्थानीय सरकार समेतले सहयोग गर्नु पर्नेमा जोड दिएको छ । 

कार्यक्रममा बिशेष अतिथि कन्चनजङ्गा एफ एमका प्रवन्ध निर्देशक चन्द्र भन्डारी, शान्तिनगर गाउँ पालिका उपाध्यक्ष मिरा भुर्तेल प्रमुख अतिथि शन्तिनगर गाउँपालिका अध्यक्ष रमेश भुजेलले संयुक्त रुपमा  उदघाटन गरेका थिए । उनीहरुले उद्घाटन गर्दै  शुभकामना व्यक्त राखेका थिए ।  कार्यक्रमको सहजीकरण गिता ढुंगानाले गरेकी थिइन् ।