शिवसताक्षी । 

झापा शिवसताक्षि नगरपालिकाको शिवगञ्ज बहुमुखी क्यापसमा अखिल क्रान्तिकारीको इकाई समिति  गठन भएको छ ।  नेकपा माओवादी केन्द्र निकट संगठन अखिल (क्रान्तिकारी) शिवगञ्ज  बहुमुखी क्यापसको इकाई समिति  बिकास महतोको अध्यक्षतामा ५१ सदस्य समिति गठन भएको हो ।

a2

उपाध्यक्षमा मनिषा राजवंशी, कुसिला ताजपुरिया लक्ष्मण राजवंशी, सचिवमा विशाल राजवंशी,  सह–सचिवमा आदेश घिमिरे, भोले शंकर  राजवंशी, मन्जु बमजम तामाङ, कोषाध्यक्षमा ममता राजवंशी सर्बसम्मत चयन भएको छ्न् । 

  कार्यक्रममा नेकपा माओवादी केन्द्र  नगर अध्यक्ष महेन्द्र भट्टराई, अखिल क्रान्तिकारीका जिल्ला सचिव राजन चापागाईं, नगर सचिवालय सदस्य सन्जय रार्इ  माधब बास्कोटा लगायतले  शुभकामना मन्तब्य राखेका थिए । 

 कार्यक्रमका प्रमुख अतिथि महेन्द्र भट्टराईले शिक्षालाई प्राबिधिक र ब्यवहारिक बनाउन कुरामा जोड दिदै शिक्षामा आवश्यक बजेट बिनियोजन गरिनु पर्नेमा जोड दिए ।

a3

   उक्त कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्ला सदस्य देबु चापागाईं, भेषराज आचार्यलगायतको समेत उपस्थिति रहेको थियो  । कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका नगर अध्यक्ष बिरेन्द्र बस्नेतले गरेका  कार्यक्रमको अध्यक्षता वसन्त ताजपुरिया र  स्वागत भेसराज आचार्यले गरेका थिए ।