काठमाडौं ।
झापाको बिर्तामोडमा सञ्चालीत विएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई नेकपा एमालेको विधान महाधिवेशनको प्रतिनिधि बनेका छन् ।
समय–समयमा विभिन्न विषय र प्रतिक्रियाबाट विवाद र चर्चामा आइरहने प्रसाईले माओवादी कोटाबाट चिकित्सा शिक्षा आयोगको अध्यक्ष बनेका डा. श्रीकृष्ण गिरीले बिएण्डसी कलेजलाई सम्बन्धन दिन २० करोड रुपैयाँ घुस मागेको बताएपछि माओवादीबाट टाढिएका थिए ।
प्रसाई अहिले एमालेको विधान महाधिवेशनमा प्रतिनिधि बनेर गोदावरी पुगेका छन् । प्रसाईलाई झापाबाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको एमालेले जनाएको छ । प्रसाईले झापामै पुर्वाञ्चल क्यान्सर अस्पतालसमेत सञ्चालन गरिरहेका छन् । प्रसाईले आफू अब एमालेको राजनीतिमा क्रियाशील हुने बताएका छन् ।
मुुलुकको समृद्धिको नेतृत्व एमालेबाटै हुने देखेर विधान महाधिवेशनको थलोबाट आफू सक्रिय भएको उनको भनाई छ ।