बिर्तामोड ।
नेकपा (माओबादि केन्द्र) का प्रदेश नं. १ इन्चार्ज तथा संघीय सांसद राम कार्की (पार्थ क्षेत्री) ले गणतन्त्र, धर्म निरपेक्षता, समाबेसी समानुपातिक प्रणाली र संघियतालगायत पछिल्ला उपलब्धि माथि निरन्तर आक्रमण भैरहेको बताएका छन् ।
उनले माओबादीको औचित्य थप आवश्यक भएको बताएका छन् । आफुले झापा बिद्रोहका योद्दा सानो दुर्गा अधिकारीको घर बनाइदिन पहल गर्दा एमाले आफुसँग निकै रिसाएको स्मरण गर्दै अर्का लोकतन्त्रका सेनानी मैया लम्सालको घर बनाउदा एमालेका वडा अध्यक्षले सिफारिस नै नदिएको बताए ।
उनले केपी ओलिले अभुतपूर्ब रुपमा साथ पाएका झलनाथ खनाल र माधब नेपाल जस्ता सहयात्री गुमाएकोले उनी कमजोर भैसकेको र अब उठ्ने सम्भावना नरहेको बताए। उनले माओवादीले राम्रो काम मात्र गर्ने हो भने एमाले आफै खिइदै जाने बिचार ब्यक्त गरेका छन्् । उनले नेकपा (माओबादी केन्द्र) बिर्तामोड नगर कमिटिको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
कार्कीले उक्त कुरा बताएको बिर्तामोडमा सम्पन्न कार्यक्रममा उपस्थित जिल्लाका युवा नेता युबराज दाहालले जानकारी दिए । साथै केपि ओलि ले अभुतपुर्ब रुपमा साथ पाएका नगर सचिब मोहन सुब्बाले अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कार्की रहेका बैठकमा सहभागी जिल्ला का युबा नेता युबराज दाहालले जानकारी दिए ।
कार्यक्रममा प्रदेश सांसद एबम झापा जिल्ला सह इन्चार्ज झलक सिंह दर्लार्मी सन्देश, जिल्ला समन्वय समिति संयोजक मणिकुमार साम्पाङ्ग बिजय, पार्टीका प्रदेश कमिटि सदस्यहरु लक्ष्मी न्यौपाने सरु, सिपि कडरिया लगायतले प्रशिक्षणमा शुभकामना मन्तब्य राखेका थिए । बिषयगत प्रशिक्षण अन्तर्गतनिर्वाचन सम्बन्धि बिषयमा प्रदेश कमिटि सदस्य सिपि कडरियाले, बैठक संचालन र माइन्युट लेखन सम्बन्धि बिषयमा नगर इन्चार्ज युबराज दाहालले प्रशिक्षण दिएका थिए ।
भने समसामयिक राजनीति र आगामी कार्यदिशा सम्बन्धि प्रशिक्षण प्रमुख वक्ता राम कार्कीले प्रशिक्षण दिएका थिए । त्यस्तै पार्टीको तात्कालिन परिस्थिति र राष्ट्रीय राजनीतिको बिषयमा नेताहरु बिजय साम्पाङ्ग, झलक सिंह दर्लामी, लक्ष्मी न्यौपानेलगायतले राजनीतिक बैचारिक प्रशिक्षण दिएका थिए । कार्यक्रमको संचालन नगरका नेता जेवी जबेगुले गरेका थिए ।