झापा । 

वलिउड अभिनेता अजय देवगनको फिल्म ‘मैदान’को रिलिजको तयारी भएको छ । विहिवार फिल्म निर्माण टिमले यो फिल्म आउदो बर्ष जुन ३ तारिख रिलिज गर्ने जनाएको हो । धेरै सघर्षपछि अजयको फिल्म मैदान पूरा हुन आँटेको जनाइएको छ ।

फिल्म १३ बर्षसम्म  भारतीय राष्ट्रीय फुटबल टीमका मेनेजर र कोच रहेका सैयद अब्दुल रहीमको बायोपिकको रिलीजको वाटो खुलेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो फिल्मलाई सिधै  ओटीटी मा रिलीज गर्ने धेरै हल्ला पनि चलिरेको थियो ।  अजय देवगनको निर्देशनमा बनेको फिल्म  ‘मे डे’ यो फिल्म सँगसँगै रिलीजको तयारीमा छ ।  फिल्म मैदानमा फुटबल कोच अब्दुल रहीमको भुमिकामा अजय देवगन रहेका छन् । अभिनेता अजय देवगनको साथमा यस फिल्ममा प्रियमणि र गजराज राव पनि मुख्य भुमिकामा छन् ।   एजेन्सीको सहयोगमा