काठमाडौ । 

प्राय नेपाली फिल्मको छायांकन ३० देखि ३५ दिनसम्ममा हुनेगर्छ ।   तर, फिल्म ‘ग्रीन बर्ड’ को छायांकन भने १९ दिनमै सकिएको छ । २५ दिनको सेड्युल बनाएर छायांकन थालिएको फिल्मको मंगलवार सकिएको छ। फिल्मको सम्पूर्ण छायांकन चितवन र नवलपुरमा भएको निर्देशक प्रमोद कँडेलले जानकारी दिए । 

 फिल्ममा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् भने कमलमणी नेपाल र अफरान अली लगायतको पनि अभिनय रहेको छ । योङ स्टार सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मले परिवार र समाजको मूल्य मान्यताविरुद्ध गएर आफ्नो जीवन जिउन चाहने एक युवतीको संघर्षको कथा वाचन गर्ने बताइएको छ । यो फिल्मको स्टोरी र स्क्रिनप्ले निर्देशक कँडेल आफैंले तयार पारेका हुन् ।

  सुरक्षा माइक्रोबायोलोजी पढिरहेकी २२ वर्षिय युवतीको भूमिकामा छिन् । कात्तिक स्मित कर्नाटकले खिचेको फिल्मलाई अन्जय खड्काले सम्पादन गर्नेछन् ।फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने तयारीमा निर्माण टिम जुटेको छ ।