काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहभागी नभएपछि एमाले संवाद र वार्ताबाट भाग्न खोजेको सर्वदलीय बैठकले निष्कर्ष निकालेको छ ।
संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई निमन्त्रणा पनि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली बाहेक अन्य सबै दलहरु उपस्थित थियो । एमालेलाई संवाद र वार्ताका निमित्त योभन्दा अगाडि सभामुखले पनि सर्वदलीय बैठक बोलाएका थिए, तर त्यसबेला पनि एमालेको सहभागीता थिएन ।
नेकपा एकीकृत समाजवादीलाई समेत बोलाइएको भन्दै बैठकमा सहभागी नभएको एमालेले जनाएको छ । नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालले गत २३ भदौबाट संघीय संसद्का बैठकहरुमा निरन्तर अवरोध पुर्याउँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा एमाले अनुपस्थित भएपनि फेरिफेरिका बैठकमा उपस्थित हुने अपेक्षा व्यक्त गरेका थिए ।