बिर्तामोड । 

नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रदेश नं. १ कमिटीका दुईजना सदस्यले पार्टीले कम्युनिष्ट आदर्श, मूल्य, मान्यता विपरित क्रियाकलाप गरेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहेको बताएका छन् । 

लामो समयदेखि झापामा रहेर कम्युनिष्ट आन्दोलनमा क्रियाशील बिष्णु शिवाकोटी र श्रीमन नारायण पौडेलले बुधवार विज्ञप्ती जारी गर्दै आफु नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश कमिटी सदस्य भएको जनाएका हुन् । 

उनीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘केहि सञ्चार माध्यमहरुमा आएको समाचारमा एमाले प्रदेश कमिटीमा राखिएको हल्ला मात्र हो ।’ आफुहरु एमालेमा नभएको उनीहरुले विज्ञप्ती जारी गर्दै जनाएका छन् । उनीहरुले एमालेको पद अस्वीकार गर्दै आफुहरु नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश कमिटीमा रहेको विज्ञप्ती मार्फत स्पष्ट पारेका हुन् ।