काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । पुन बुधबार बिहानको ७ बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक प्रस्थान गरेका हुन् ।
नेता पुनको साथमा उनकी पत्नी र पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने छ ।
उनी जण्डिस बिग्रिएपछि देखिने एक प्रकारको समस्याबाट लामो समयदेखि पीडित छन् । यसअघि पनि उनले बैंकको समितिभेज अस्पतालमै उपचार गराएका थिए ।