झापा । 

भारतकी चर्चीत गायिका लता मंगेशकर आज २८ सेक्टेम्वर आफ्नो ९२ औं  जन्मदिन मनाउँदै छिन् । गायिका मंगेशकरलाई हिन्दी सिनेकाको  मलिका पनि भनिन्छ । उनले गाएका गीत जो कोहिले एकपल्ट सुनेपछि पटक–पटक फेरी पनि सुनिरहु जस्तो हुने गर्छ ।

गायिका लताले हिन्दी सिनेमालाई धेरै राम्रा गीतहरु दिएकी छिन् । उनले आफ्नो जन्मदिनको अवसरमा दर्शक लागि एउटा गीत लिएर आएकी छिन् ।  २२ बर्ष अघि रेकर्ड भएको  गायिका लता मंगेशकरको  ‘सब ठीक तो है, लेकिन सब ठीक नहीं लगता’ बोलको गीत जन्मदिनको अवसरमा रिलिज भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  

हुन त यो गीत एउटा फिल्मका लागि तयार भएको थियो तर त्यो फिल्म नै नबनेपछि गायकिा लताको जन्मदिनको अवसर पारेर गीत रिलिज गरिएको जनाइएको छ । यो गीत फिल्म भन्दा पहिले नै रेकर्ड गराइएको थियो । यो गीत गुलजार साहबले लेखेका थिए ।  गीतमा संगीत, निर्देशक र कम्पोजर विशाल भारद्वाजले तयार गरेका थिए भने आवाज  लताको रहेको थियो । यो गीतलाई  समयको हिसावले रिमिक्स बनाइएको छ । गायिका लताको जन्म २८ सेक्टेम्वर १९२९ मा  इन्दौरमा भएको थियो ।  एजेन्सीको सहयोगमा