गौरादह ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले खगेन्द्रप्रसाद दाहालको अध्यक्षतामा ५१ सदस्यीय गौरादहको नगर कमिटी निर्माण गरेको छ ।
केन्द्रीय सदस्य ईन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कमिटीको घोषणा जिल्ला कमिटी अध्यक्ष वेदराज रेग्मीले गरेका थिए ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य पुर्व सांसद नारायणसिंह राजवन्शी, भरत कार्की लगायतले सुभकामना मन्तव्य राखेका थिए । जिल्ला कमिटी सदस्य नन्दलाल ताजपुरियाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जिल्ला कमिटी सदस्य नारायण राजवंशीले गरेका थिए ।
भोली शिसताक्षी र पर्सी भद्रपुर नगरमा पनि कमिटी निर्माण गरिने नेकपा ( एकीकृत समाजवादी) जिल्ला प्रचार बिभाग प्रमुख तिर्थ सिग्देलले जानकारी दिए ।