शिबसताक्षी ।
नेपाली कांग्रेसको शिबसताक्षी नगर सभापतिमा असोककुमार बस्नेत निर्वाचित भएका छन । उनले २ सय १५ मत प्राप्त छन् भने उनका निकट्तम प्रतिद्धान्दी तुलाराम बोखिमले १सय ४७ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपसभापतिमा बस्नेत प्यानलका सन्तकुमार फेउदिन २ सय ८२ र भुपालप्रसाद राजबंशीले २ सय २२ मत प्राप्त गरि बिजयी भएका छन् । उनीहरुका प्रतिस्पर्धी नेत्रप्रसाद बिमलीले १ सय ४६ मत प्राप्त गरेका छन् ।
सचिवमा पनि बस्नेत प्यानलका रमेशकुमार राई र होमप्रसाद दुलालले २ सय १९ र २ सय ४१ मत प्राप्त गरेका छन् । सचिब पदका प्रतिस्पर्धी बिनोद खरेलले १ सय ६९ मत प्राप्त गरेका छन् ।
त्यसैगरि सह सचिवमा सूर्यकुमार योङयाले २ सय ६९ र राजनराण ताजपुरियाले २ सय ३४ मत प्राप्त गर्दै निर्वाचित भएका द्धन् भने उनीहरुका प्रतिस्पर्धी देबिप्रसाद तुम्बापो (दर्शन) ले १ सय ४७ मत मात्र प्राप्त गरेका छन् । सदस्य पदको मत गणना परिणाम आउन बाँकी छ ।