बिर्तामोड ।

  नेपाली काँग्रेस बिर्तामोडको नगर सभापतिमा भोजराज सिटौला प्यानलले निर्वाचित भएका छन् ।  नगर सभापति पदका प्रत्यासी कुलप्रसाद संग्रौलालाई ४३ मत अन्तरले  सिटौला दोस्रो कार्यकालको लागि नगर सभापतिमा निर्वाचित भएका हुन् । सिटौलाले १ सय ५९ मत ल्याउँदा संग्रौलाले १ सय १६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपसभापतिमा सिटौला प्यानलकै सूर्यप्रसाद कन्दङ्वा १ सय ७३ , राजकुमार राजवंशी १ सय ३६ मत ल्याएर निर्वाचित भएका छन् भने  अर्को प्यानलका बलराम कार्कीले १ सय १३ र पशुपति राजवंशीले १ सय ७ मत प्राप्त गरेका थिए।

सचिव पदमा दिवाकर प्रसाई १ सय ५३ र उत्तम खनाल १ सय ३५ मतसहित विजयी बनेका छन् भने सचिव पदकै प्रत्यासी अच्युत दाहालले १ सय २८ र दिपेन्द्र राउतले १ सय २२ मत ल्याएका छन् ।

सह सचिबमा रमेश चौधरीले १ सय ६६ र दिनेश पराजुलीले १ सय ४७ मत ल्याएर विजयी हासिल गरेका छन् । उनीहरुका प्रतिद्वन्द्वी धर्मेन्द्र सिटौलाले १ सय १५ र अमोदकुमार दाहालले १ सय ११ मत ल्याएका छन् । मतदानमा २ सय ७९ जनाले भाग लिएका थिए । ५९ सदस्यीय बिर्तामोड नगर समितिका लागि हिजो ९० जनाको उम्मेद्वारी परेको थियो । त्यसमध्ये २५ जना सर्वसम्मत भएका थिए ।