अर्जुनधारा ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत अर्जुनधारा नगरपालिकामा भएको निर्वाचनबाट सभापतिपालिमा हेमराज खरेल निर्वाचित भएका छन् ।
खरेलले प्रतिद्वन्द्वी भिष्म मिश्रसँग २७ मतअन्तरले निर्वाचित भएका हुन् । अन्य पदाधिकारी र सदस्यको छिनोफानो आन्तरिक सहमतिमा भए पनि अर्जुनधारा नगर सभापति पदका लागि २ जनाले उम्मेद्वारी दिएका थिए ।
अर्जुनधारामा २ सय ४८ मतमध्ये २ सय ४० मत खसेको थियो । खरेलले १ सय ३१ र मिश्रले १ सय ४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । ५ मत बदर भएको पार्टीका नगर सहसचिव सञ्जीव पौडेल (इशान) ले जानकारी दिए ।
यसअघि नगर उपसभापतिद्वयमा भेषराज भण्डारी प्रशान्त र चतुरभुज काफ्ले सचिवमा इन्दिवर खड्का र मेदनी गुरागाईं तथा सहसचिवमा सञ्जीव पौडेल (इशान) र निरज ढकाल निर्विरोध भइसकेका थिए ।
कोषाध्यक्ष पदमा भने नगर समितिको पहिलो बैठकले मनोनित गर्ने पार्टीको प्रावधान रहेको जनाइएको छ । यस्तै, ५७ जना नगर सदस्य पनि सर्वसम्मत भएका थिए ।