दमक ।
झापाको दमकमा नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी घोषणा भएको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दमक नगरका पूर्व प्रमुख इन्द्रबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा शनिवार दमक नगर कमिटी घोषणा तथा सपथ ग्रहण भएको हो ।
नगर कमिटीको अध्यक्षमा महेश घिमिरे, उपाध्यक्षमा सुमन कार्की, हमला सिटौला, बिराट जबेगु लिम्बू छन् । सचिवमा निर्मल लामिछाने, सहसचिवमा रोशन भण्डारी छन् ।
कमिटीको सदस्यहरुमा चन्द्र थापा, राजु भट्टराई, युवराज दुलाल, तारादेबी धिमाल, गोमादेवी कटुवाल, किरण भट्टराई, उमेश बुडाथोकी, कमला श्रेष्ठ, प्रेम भुजेल, जीवन सेढाई, युवराज घिमिरे, कमला बोहोरा, मनकुमार दर्नाल, जुलन गजमेर, प्रेम नेपाल, मदन गुरुङ, खगेन्द्र नेपाल, उमेश चौलागाई, प्रवल भण्डारी, छत्र बस्नेत, कमल न्यौपाने, हुन रसाइली, मित्र इगनाम र नरेश भण्डारी छन् ।
कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीले नवगठित दमक नगर कमिटीका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रममा नेपाल प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्की, पार्टी जिल्ला कमिटी सदस्य नन्दलाल ताजपुरिया, प्रदेश कमिटी सदस्य राजेन्द्र दाहाल, लोकबन्दु कन्दङबा, टीका प्रसाई लगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । नवगठित दमक नगर कमिटीको तर्फबाट अध्यक्ष महेश घिमिरेले आफ्नो प्रतिवद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य तथा प्रचार प्रसार बिभाग प्रमुख समेत रहेका थिए भने अग्रज पत्रकार तीर्थ सिग्देल, केन्द्र प्रसाई, जिल्ला कमिटी सदस्य भीम दाहाल, बिष्णु न्यौपाने, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला कमिटी सदस्य हरिकृष्ण पौडेल, नारायण राजवंशी, कमल कटुवाल, तीर्थ नेपाल, केशव दाहाल लगायतको उपस्थिती रहेको थियो ।
नेकपा (एकीकृत समाजवादी) ले ११ गते गौरादहमा, १२ गते शिबसताक्षीमा नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम गर्ने जनाएको छ । पार्टी जिल्ला कमिटी उपाध्यक्ष मणि भण्डारीको अध्यक्षता, जिल्ला कमिटी सदस्य हरि नेपालले स्वागत गरेको कार्यक्रमलाई जिल्ला कमिटी सदस्य तुलशी निरौलाले सञ्चालन गरेका थिए ।