काठमाडौं ।
नेपाली सिनेमाका चर्चित अभिनेता शिव श्रेष्ठलाई पनि पार्टीको सदस्यता लिन भन्दै बाक्लै प्रस्तावहरु आउने गरेका छन् । अभिनेता श्रेष्ठले भने कहिल्यै राजनीतिमा नआउने बताउँछन् । उनले आफुले राजनीतिकमा आउने जीवनमा कहिल्यै नसोचेको बताउँदै आएका छन् । उनले रानीतिकमा इच्छा थियो भने कलाकारितालाई निरन्तरता नै नदिने बताएका छन् ।

उनले जुन पेशामा भए पनि सबैले राष्ट्रका लागि काम गर्नुपर्ने बताए। राष्ट्रको काम गर्ने दायित्व राजनीतिज्ञको मात्र नभएको उनको बुझाई छ ।
अभिनेता श्रेष्ठ एमसीसीको विषयमा जनताकै पक्षमा रहेको बताउँछन् । जनताको आवाज सुन्ने व्यक्ति भएको बताउँदै आम जनताले एमसीसी चाहिँदैन भनिरहेकाले आफुलाई नचाअिने उनले बताए ।