शिवसताक्षी । 

झापा शिवसताक्षी  नगरपालिकामा योङ्ग कम्यनिष्ट लिग (वाइसिएल) को वडा कमिटि गठन भएको छ ।  नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको  शिवसताक्षि वडा नं. १मा  आशिष घिमिरेको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको हो । 

समितिको उपाध्यक्षमा भुमिराज पोखेरल,मेघराज बस्नेत, अर्जुन आङदेम्बे सचीव  रुजन नेपाल सह–सचीव  बिबेक नेम्वाङ र कोषाध्यक्ष पबित्रा लिम्बू चयन भएका छन् । 

त्यसैगरी सदस्यहरु अञ्चल तामाङ, आशिक बिसखे, सुजन शर्मा, रोशन घिमिरे ,प्रज्वल बस्नेत, पवन आङदेम्बे, अन्कित बिक, पानतुमयाङ चेम्जोङ, अस्मिता राई, बिष्णु मन्डल, बिराङ नेम्बाङ,विशाल लिम्बु, गङ्गा माझी, योगेन्द्र खड्का, प्रशान्त तामाङ, सुर्य नेम्वाङ, चेतनारायण श्रेष्ठ, कुसल तिमिल्सिना ,करुणा तिमिल्सिना  चयन भएका छन् । 

m2

   नेकपा माओवादी केन्द्र को १ नम्बर वाड पार्टी कार्यालय पनि सन्चालनमा आएको छ । कार्यलय उदघाटन नेकपा माओवादी केन्द्रका झापा जिल्ला सह इन्चार्ज झलकसिंह दर्लामी जिल्ला संयोजक बिजय सम्पाङ, प्रदेश कमिटी सदस्य कल्पना कार्की नगर अध्यक्ष महेन्द्र भट्टराईले संयुक्त रुपमा गरेका थिए । 

    उक्त कार्यक्रममा लिम्बुवान, एमाले, नेपाली काग्रेस छोडेर ३० जान माओवादी केन्द्रमा प्रवेश गरेका छ्न् । पुर्ण नेम्वाङ, आशिष घिमिरे, सङिता राई, भुमिराज पोखेरल, सुजन नेपाल, मेघराज बस्नेत, अर्जुन आङ्दाबे, अस्मिता राई, रोशन घिमिरे, अस्मिता राई, योगेन्द्र खड्कालगायत ३० जनाले पार्टी प्रवेश गरेका थिए । उनीहरुलाई कार्यक्रमका  प्रमुख अतिथिले स्वागत गरेका छन् ।

m3

नेकपा माओवादी केन्द्र १ नम्बर वाड अध्यक्ष  नेत्र नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका जिल्ला स–इन्चार्ज झलकसिंह दर्लामीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रदेश सदस्य कल्पना कार्की, जिल्ला संयोजक मणिकुमार साम्पङ विजय,  जिल्ला सचिबालय सदस्य रामबहादुर राई,  नगर अध्यक्ष महेन्द्र भट्टराई,   जिल्ला अध्यक्ष दधिराम रिमाल,  जिल्ला बिभाग सदस्य ज्ञानेन्द्र तिमिल्सिना, नगर कार्यालय सदस्य प्रेम यम्फु,  नगर सचिबालय सदस्य सन्जय राई, दुर्गाप्रसाद नेम्बाङलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वाइसिएल नगरअध्यक्ष इन्द्र न्यौपाने,  उपाध्यक्ष जिएन लिम्बु, सचीव भुवन सेन्दाङ लगायतको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा   स्वागत  सल्लाहकार  चन्द्र कडेलले गरेकोे कार्यक्रममा  सञ्चालन पार्टीका वडा सचीव पुर्ण लकान्द्रीले गरेका थिए ।