काठमाडौं ।

 नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक  बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । 

बैठकले मन्त्री छनोटको बिषयमा छलफल गर्ने  जनाइएको छ ।   मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेकाले मन्त्री छनोट गर्न बैठक बोलाइएको हो । असार २९ गते सरकारका नेतृत्व सम्हालेका काँग्रेस सभापति देउवाले ७० दिनसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

 प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति गरेका छन् ।  काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको बैठक आज बस्दै छ ।

काँग्रेसले पनि दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएको छ भने एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठककै बीचमा स्थायी कमिटी बैठक बस्ने बुझिएको छ ।