मेचीनगर ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत झापा क्षेत्र नम्वर १ को प्रदेश क्षेत्र ‘क’ को सभापतिका लागि नेता हरि बुढाथोकीले उम्मेद्वारी घोषणा गरेका छन् ।

बुढाथोकीले झापा क्षेत्र नम्वर १ को प्रदेश ‘क’ को सभापतिमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । उनले २०४४ सालमा नेपाल विद्यार्थी संघ, महेन्द्र मोरङ क्याम्पस समितिबाट राजनीति सुरु गरेका थिए ।

बुढाथोकीसँग नेपाली कांग्रेसको १० औँ र ११ औँ अधिवेशनबाट क्षेत्रीय सदस्यमा निर्वाचित, १२ औँ र १३ औँ अधिवेशनबाट दुईपटक क्षेत्रीय सचिवमा निर्वाचित भई कुशलतापूर्वक जिम्मेवारी पूरा गरेको अनुभव छ ।

लामो समय क्षेत्रीय समितिमा गरेको कामको आधारमा पनि आफु क्षेत्रीय समितिको नेतृत्वको दाबी गरेको उनले बताए । मेचीनगर–५ निवासी बुढाथोकी मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष समेत हुन् । उनी शैक्षिक अभियानमा पनि उत्तिकै सक्रिय छन् ।