• उद्धव पुरी 

बिर्तामोड । 

नेपाली काँग्रसका प्रवत्ता तथा महामन्त्रीका उम्मेद्वार विश्वप्रकाश शर्माले राजनीतिकमा साझा वहसको आवश्यकता रहेको बताएका छन् ।  नेता शर्माले राजनीतिकमा परिवर्तनको आवश्यकता रहेको बताउँदै सरकार जुनसुकै दलको भएपनि सृद्धिढिकरण र एकताबद्ध हुनु आवश्यक रहेको बताए । 

‘जसले शोषण, विवेद गर्छ त्यस्तालाई काँग्रेस र कम्युनिष्ट दुवैले रानीतिकमा ढोका बन्द गर्नुपर्छ’ नेता शर्माले भने ‘ जसले विसङ्गति विकृति, शोषण र हिंसा गर्छ त्यस्तालाई बहिस्कार गर्न राजनीतिक दल पछि पनु हुँदैन ।’ नेता शर्माले कम्युनिष्ट नेतृत्वसँग सहिष्णुता नभएको जिकिर गर्दै भने ‘प्रधानमन्त्री जस्तो पदमा रहेर नटबल्टु, फर्सी जस्ता शब्द प्रयोग गर्नु गलत हो ।’ राजनीतिक दुश्मनी नभएको स्पष्ट पार्दै नेता शर्माले राजनीतिकले सामाजिक बिकृति र विसङ्गतिको मुद्दा उठाउनु पर्ने उनको भनाई छ । उनले संविधानमा केहि राजनीतिक रुपान्तरण गर्न आवश्यक रहेको बताएका छन् । 

hall

सरकार परिवर्तन भए पनि विकासका लागि तयार गरिएको कार्यलाई निरन्तरता दिनुपर्नेमा उनको जोड थियो । उनले राजनीतिक रुपान्तरणका लागि आफुले तयार पारेका २४ बुँदाको समेत ब्याख्या गरेका थिए । उनले कुनैपनि एक ब्यक्तिले राष्ट्रपति एकपल्ट, प्रधानमन्त्री २ पटक, मन्त्री ३ पटक र सांसद ४ पटकसम्म मात्र  हुन पाउने राजनीतिक रुपान्तरण हुन आवश्यक रहेको बताए । उनले चुनाव खर्च गरेर नजित्नसम्म सवैलाई आग्रह गरे ।  ‘इमान्दारिता र सफा मन भएका उम्मेद्वारले चुनावमा खर्च गर्नु पर्दैन ।’ नेता शर्माले भने ।  नेता शर्माले गुठ र उपगुठको राजनीतिक नगर्न सवैमा आग्रह गरेका छन् ।  नेता शर्माले काँग्रेस नेता तथा कार्यकर्तालाई जिम्मेवारीपूर्ण आफ्नो कार्यसम्पादन गर्नसमेत आग्रह गरे । राजनीतिककर्मीको कमजोरी मात्र नकेलाउन आग्रह गर्दै त्यसको समाधानको उपाय पनि खोज्न आवश्यक रहेको नेता शर्माले बताए । राजनीतिकलाई सेवामा जोड्न समेत उनको आग्रह छ । 

संविधान दिवसको अवसरमा झापा बिर्तामोडमा आइतवार आयोजित कार्यक्रममा नेता शर्माले राजनीतिक रुपान्तरणका विषयमा आफ्नो धारणा ब्यक्त गरेका थिए । काँग्रेसका महाधिवेशन प्रतिनिधि सुरेश सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य दिलिप राई, झापा उपसभापति राम कट्टेल, नौदली राजवंशीलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक महासंघ झापाका अध्यक्ष तेजु चम्लागाईले गरेका थिए ।