कचनाकवल । 

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रिय सचिवालय सदस्य निरु खतिवडाले आदिवाशी, जनजाती, शोषित तथा पीडित साथै पिछडिएका महिलाहरुको हक अधिकार सुनिश्चितका लागि एकतावद्ध हुन आग्रह गरेकी छिन् । खतिवडाले आम महिलाहरुका समस्या, अधिकार र कार्यन्वयनका लागि संगठन सृढिकरण र एकतावद्ध हुन आग्रह समेत गरेकी थिइन् । 

अनेमसंघ (क्रान्तिकारी)  कचनाकवलको प्रथम भेलामा बोल्दै शनिवार खतिवडाले जागरण अभियान अल्पकालीन रुपमा महिला संगठनलाई ३५ प्रतिशत स्थानीय पालिकाको पार्टी सदस्यीयसहित २९ प्रतिशत अनिवार्य कार्यन्वयन गरेर पार्टी कमिटिमा महिलाको अधिकारलाई सुनिश्चित गर्नु पर्ने बताइन् । उनले संगठनको इतिहास बर्तमान परिस्थिति अव गर्ने काम कर्तव्यका सवालमा समेत कुरा उठाएकी थिइन् । उनले जनताले लडेर ल्याएको संविधान र महिलामाथि हुने हिंसाका विषयमा समेत चर्चा गरेकी थिइन् । 

सहिद परिवारकी ललीता राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशी, जिल्ला सदस्य बन्दना झागर, बुद्धिमान नेपाललगायतको उपस्थिति रहेको थियो । स्वागत अग्नि तामाङले गरेको कार्यक्रमलाई सञ्चालन भगीरथा अधिकारीले गरेकी पार्टीका प्रदेश कमिटि सदस्य सीपी कडरियाले जानकारी दिए । भेलाले केस्मिरा खातुनको अध्यक्षतामा ६१ सदस्यीय कमिटि चयनसमेत गरेको छ ।