बिर्तामोड । 

नेपाली काँग्रेसका महामन्त्रीका उम्मेद्वार विश्वप्रकाश शर्माले भोली बिर्तामोडमा आफ्नो राजनैतीक अवधारण सार्वजनिक गर्ने भएका छन् । 

विपि कोइराला जयन्तीको अवसर पारेर काठमाडौको  सुन्दरीजलबाट महामन्त्रीको उम्मेद्वारी घोषणा गरेका शर्माले ७ औ संविधान दिसको अवसरमा राजनीतिकमा कसरी रुपान्तरण छ भन्ने बिषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएका हुन् ।

कार्यक्रममा जिल्लाभरबाट छानिएका क्षेत्रिय प्रतिनिधि, जिल्ला नेता तथा कार्यकर्ताको उपस्थिति रहने  नेपाली काँग्रेस झापा सुचना तथा सञ्चार विभाग सचिव राजेन्द्र गौतमले जानकारी दिएका छन् ।