शिवसताक्षी । 

झापा शिवसताक्षी नगरपालिकामा योङ्ग कम्यनिष्ट लिग (वाइसिएल) को वडा कमिटी गठन भएको छ ।  नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको  शिवसताक्षि वडा नं. २ मा  लक्ष्मीप्रसाद गुरुङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको हो । 

विहिवार भएको भेलाले कमिटीको उपाध्यक्षमा किशोरकुमार लिम्बू ,धङाल सोरेन, स्मिता नेम्बाङ सचीव भरत आङदेम्बे सह–सचीव काशीनाथ भण्डारी र कोषाध्यक्ष बबिता राई चयन भएका छन् । 

त्यसैगरी सदस्यमा निपेश गजमेर, सरोज थापा, दर्शन आचार्य ,मनिष तामाङ, तिलकबहादुर चेम्जोङ, डिग्रेट इङनाम, सन्दीप खाती, पुर्णबहादुर कडरिया, निरोज भण्डारी, मनकुमार श्रेष्ठ, तारा प्रसाद आचार्य, मनिष राई, सुरज राई, सनम शेर्मा, कृष्ण हस्ता, मनिष कार्की, लुबुहाङ राई, पुजा तिमिल्सिना, वर्षा इङ्नाम, प्रकाश मुर्मु चयन भएका छन् । 

  सोही कार्यक्रमका वीच  नेकपा माओवादी केन्द्रको २ नम्बर वडा पार्टी कार्यालय पनि  सञ्चालनमा आएको छ । कार्यालय उद्घाटन नेकपा माओवादी केन्द्रका झापा जिल्ला सह इन्चार्ज झलकसिंह  दर्लामीले गरेका थिए ।

ycl2

वाइसिएल नगर कमिटि अध्यक्ष इन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सह इन्चार्ज झलकसिंह दर्लामीको प्रमुख आतिथ्यमा प्रदेश सदस्य कल्पना कार्की नगर अध्यक्ष महेन्द्र भट्टराई, जेष्ठ कम्युनिस्ट मञ्च जिल्ला सदस्य प्रभु फुयालले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।  कार्यक्रममा वाइसिएल नगर उपाध्यक्ष जिएन लिम्बु, सञ्जिव राई, सचीव भुवन सेन्दाङ कोषाध्यक्ष संगीता राय वाइसिएल निवर्तमान अध्यक्ष भुवन राई, पार्टीका नगर कमिटि सचिवालय सदस्य  सन्जय राई, कुमार कोइराला, मोहन तुम्बाफो,  लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका नगर कार्यालय सदस्य प्रेम याम्फु राइले गरेका थिए ।