विराटनगर ।
प्रदेश नं.१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले बुधवार थप दुई मन्त्री र तीन राज्यमन्त्री थपेर आठ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आचार्यले संखुवासभाका तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा योजनामन्त्री र झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका छन् ।
त्यसैगरी सोलुखुम्बुका उत्तमकुमार बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरण, मोरङका ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था, कृषि तथा सहकारी र मोरङकै लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।