बिर्तामोड । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष रन्जित तामाङले केपी ओलीको झापा र काठमाडौं गर्ने दिन अव धेरै नभएको बताएका छन् ।

 शिक्षा, स्वास्थ्य, रोजगार जस्ता मानिसका आधारभूत आवश्यकतालाई व्यापार गर्दै केपीले प्रतिगमन कार्य गरेको आरोप लगाउँदै नेता तामाङले अव त्यस्तो कार्यको  जनताले  विश्वास नगर्ने बताएका हुन् । केपीको प्रतिगमन कार्यले अव जनतामा  विश्वास नरहेको बताउँदै झापा र काठमाडौ गर्ने दिन सकिएको बताएका हुन् । नेता तामाङले  झापाको बिर्तामोडमा मंगलवार आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) को १७ औ जिल्ला सम्मेलनमा सो कुरा बताएका हुन् । 

 ‘केपीको झुटको खेती अव धेरै दिन टिक्दैन’ नेता तामाङले भने‘ बिद्यार्थीले परिवर्तनका निम्ति दिएको बलिदानलाई केपीले कुल्चिए ।’ उनले अव परिवर्तनका निम्ति लडेर सहिद भएका बिद्यार्थीहरुको सपनालाई साकार पार्ने खालको झापाको नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । अघिल्ला बिद्यार्थीको पुस्ताले परिवर्तनको निम्ति काधमा बन्दुक बोकेर क्रान्ति गरेको बताउँदै आवश्यक पर्दा बन्दुक बोक्न सक्ने नेतृत्व हुनु पर्ने बताए । 

उनले संगठनलाई नम्बर १ बनाएर देखाउने बताउँदै  केपी ओलीकोे भन्दा भिन्न संगठन बनाउनु पर्नेमा जोड दिए । उनले केही कमि आफुहरुमा पनि भएको भन्दै फाटेका मनलाई एकअर्का वसेर टाल्न र सिलाउनु पर्ने बताए । अर्को निर्वाचनसम्ममा पार्टीलाई १ नम्बर बनाउने उदेश्य राख्नु पर्ने  नेता तामाङको भनाई थियो । 

झापा अध्यक्ष अनिल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि  अध्यक्ष तामाङ रहेका थिए भने स्वागत झापा उपाध्यक्ष सरस्वती चम्लागाईले गरेकी थिइन् । कार्यक्रममा नेकपा माओवादी केन्द्र झापाका सह–इन्चार्ज झलकसिंह दर्लामी, संयोजक मणिकुमार साम्पाङ, वाइसिएनल नेपाल झापा अध्यक्ष दधिराम रिमाल, पार्टीका गौरीगञ्ज अध्यक्ष विद्यानन्द राजवंशी, संगठनका केन्द्रिय  सचिव मदन भट्टराई, संबिधानसभा सदस्य मोहन टुडु, प्रदेश सदस्य लक्ष्मी न्यौपाने, विरेन्द्र बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संगठनका केन्द्रिय सदस्य बालकुमार केसी, मनिषा आचार्य, जिसस न्यौपाने, प्रदीप वास्कोटा, खगेन्द्र सुवेदी, रवी बस्नेत, भक्त शंकर, पार्टीका प्रदेश सदस्य सीपी कडरिया, गगन पुरी, कल्पना कार्की, वोधराज दाहाल, राजु चुडाल, पूर्व बिद्यार्थी नेता तथा शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई, पार्टीका  जिल्ला सदस्य भानु दंगाल, जिल्ला सचिवालय सदस्य बासु दुलाल, डण्डिराज गुरागाई, जिल्ला कार्यालय सदस्य अरुण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सम्मान पत्र संगठनका उपाध्यक्ष रन्जन धमलाले बाचन गरेका थिए । कार्यक्रमको सञ्चालन संगठनका कार्यालय सदस्य राजन चापागाईले गरेका थिए ।   सम्मेलनले आजै नयाँ नेतृत्व छनौट गर्ने जनाइएको छ ।