शिवसताक्षी । 

झापाको शिबसताक्षी –२ मंगलबारेका  लागलागी पिडीतलाई नेकपा माओवादी केन्द्र शिबसताक्षी नगरले सामग्री हस्तान्तरण गरेको छ । नेकपा (माओवादी केन्द्र) शिबसतासी नगर कमिटीले सोमवार (आज) झापाको धरमपुरमा आगलागी भइ  पीडित बनेका दुई परिवारलाई राहत स्वरुप लुगा सिलाउने मेसिन वितरण गरेको हो ।

शिबसतासी–२ का अध्यक्ष भिम नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सासद तथा नेकपा (माओवादी केन्द्र) प्रदेश १ का सदस्य झलकसिह दर्लामि नगर अध्यक्ष महेन्द्र भट्टराईले सो सामाग्री हस्तान्तरण गरेका थिए ।

  २०७८ जेठ १० मा आगलागी हुँदा  नन्दकला राई र नेत्र चिमरियाको घर  पुर्ण रुपले जलेर नस्ट भएको थियो । आगलागीबाट करोडौं रुपैयाँका सामन  जलेर नस्ट भएका थिए । 

 सिलाइ कटाईले जीवनयापन  गर्ने कुमार महरा र नन्दकला राइलाई सिलाउने मेसिन र इन्टरलक मेसिन प्रदान गरिएको हो । 

 मेशिन हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका शिबसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईले नगरपालिकाले दमकल खरिद नगर्दा नगर मा थुप्रै धनजनको क्षेति ब्यहोर्नु परेकोले सम्पूर्ण अग्नी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरे ।  

झापा जिल्ला सह–इन्चार्ज तथा नेकपा माओवादी केन्द्र  १ नम्बर प्रदेशका सचेतक झलकसिंह दर्लामीले राज्यबाट पीडितहरुलाई राहत दिलाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सल्लाहकार दिपक बुढाथोकि, नगर सदस्य भुवन राई, सन्जय रार्इ वाईसीएल नगर कमिटी उपाध्यक्ष गोपाल नेयोङ, सचिब भुवन सेन्दाङ, वार्ड ३ का अध्यक्ष राजु लिम्बु लगायत नेताहरूको उपस्थिति रहेको थियोे ।