काठमाडौ ।
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन फिर्ता लिएसँगै एमाले उपाध्यक्षसमेत रहेकी शाक्य नेतृत्वको सरकार औपचारिक रूपमा अल्पमतमा परेको हो ।
एकीकृत समाजवादी पार्टीले आइतबार प्रदेश सभा सचिवलाई पत्राचार गर्दै शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी गराएको छ । संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सभा सचिवलाई सम्बोधन गर्दै पठाएको पत्रमा ‘आजैका मितिदेखि समर्थन नभएको जानकारी गराउन चाहन्छु’ भनिएको छ ।