काठमाडौं । 

अझैपनि कम्युनिस्ट आन्दोलनलाई उचाइमा लैजान सक्ने आधार भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  दावी गरेका छन् । 

आइतबार वामपन्थी लेखक परशुराम तामाङको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई उचाइमा लैजान नेकपा बनाइएपनि विविध कारणले एकता सफल हुन नसकेको जिकिर उनले  गरे । उनले केपी ओलीसँग पार्टी एकताले  गरेर  ज्ञान प्राप्त गरेको बताए । 

अध्यक्ष प्रचण्डले विश्वका कतिपय देशमा कम्युनिस्ट आन्दोलनको नामनिशान नभएपनि नेपालमा अझै कम्युनिस्ट आन्दोलनको बलमा वैज्ञानिक समाजवाद निर्माण गर्न सकिने आधार धेरै रहेको बताएका छन् । उनले कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउन विभिन्न कम्युनिष्ट घटकहरुसंग एकताको प्रयास भइरहेको उनको भनाई थियो।