काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफुहरुको गठबन्धन मुलुक निर्माणका लागि भएको गठबन्धन भएको दाबी गरेका छन् ।
केपी ओली र महन्थ ठाकुरको गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाउँदै ओलीको दक्षिणपन्थी गठबन्धन सवै उपलब्धीलाई तुहाउन चाहनेको गठबन्धन भएको बताएका छन् ।
युवा संघ, नेपाल लुम्बिनी प्रदेशद्वारा शनिबार नेपालगञ्जमा आयोजित प्रदेश भेला तथा पिपुल्स भोलेन्टियर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपाल एमालेका अध्यक्ष ओलीप्रति आक्रमक देखिएका थिए । नेपालले ओलीमा क्रान्तिकारी ज्वाला निभिसकेको बताए । उनले एमालेलाई ओलीको निजी कम्पनीको रुपमा परिणत भएको आरोप समेत लगाए ।
अध्यक्ष नेपालले एमसीसी नेपालको हितमा छ छैन ग्यारेन्टी भएपछि मात्रै अघि बढाइने बताए ।