काठमाडौँ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगतको कार्यतालिका फेरि हेरफेर भएको छ । केन्द्र र क्षेत्रबाहेक वडा, पालिका, जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर भएको हो । शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संशोधित महाधिवेशन तालिका प्रस्ताव गरेका हुन् ।
पदाधिकारी बैठकमा नेता रामचन्द्र पौडेल भनेउपस्थित थिएनन् । जसअनुसार २७ भदौको पालिका अधिवेशन ९ असोजमा, १ असोजको प्रदेशसभा क्षेत्रीय अधिवेशन ११ असोजमा, एक मात्र प्रतिनिधिसभा जिल्ला अधिवेशन ५ असोजको १३ असोजमा, एकभन्दा बढी भएका जिल्ला १० असोजको १६ गते असोजमा प्रस्ताव गरिएको जनाइएको छ ।
प्रदेश अधिवेशन १०, ११ र १२ कात्तिकमा र केन्द्रीय महाधिवेशन ९, १०, ११, १२ र१३ मंसिरमा हुनेछ । २० जिल्लामा रोकिएको वडा अधिवेशन ५ असोजमा हुने नेता महतले जानकारी दिए ।
यस्तो छ हेरफेर तालिका