हल्दिबारी । 

 नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तर्गत २७ गते हुन गइरहेको गाउँपालिका र नगरको अधिबेशनमा हल्दीबारी गाउँपालिका झापाबाट होमप्रसाद चुडालले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् ।

हाल हल्दीबारी वार्ड नम्बर ४ का जनप्रतिनिधि समेत रहेका चुडाल बिकासप्रेमी र स्थानीय जनताका लोकप्रिय नेताको रूपमा चिनिन्छन् ।

२०४७ सालमा हल्दीबारी माबिको स्वबियू सभापतिबाट आफ्नो राजनीति यात्रा शुरू गरेका उनले २०५६ सालमा मेची क्याम्पस नेबिसंघ इकाई सभापति, २०५८ सालमा नेबिसंघ जिल्ला सभापति भइसकेका छन् ।२०६३ सालबाट तत्कालीन जलथल गाउँ सचिब र उपाध्यक्ष हुदै हाल हल्दीबारी गाउपालिकामा नेपाली कांग्रेसको तर्फबाट एक मात्र जनप्रतिनिधिको रुपमा वार्ड नम्बर ४ को वार्ड अध्यक्षको रुपमा काम गर्दै आएका छन् ।

वडा अध्यक्ष भएर काम गर्दै गर्दा उनले जनतामा समर्पित धेरै जनमुखी कामहरू गरेका कारण पछिल्लो समयमा उनी निकै चर्चामा पनि  छन् ।

कोरोना भाइरसका कारण लामो समयसम्म बन्दाबन्दी भएको बेला बिहान बेलुका घरमा चुलो बाल्न समस्यामा परेका अति विपन्न परिवारलाई उनले आफ्नै खर्चमा सयौलाई राहत बितरण गरेका थिए । लकडाउनको समयमा हल्दीबारीमा उनले विपन्न राहत कार्यक्रम भनेर अभियान नै चलाएका स्थानीयहरू बताउछन् ।

पछिल्लो समयमा विभिन्न दल परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने लहर चल्दै गर्दा हल्दीबारीमा पनि ३ सय भन्दा बढी कार्यकर्ता उनकै पहलमा प्रवेश गरेका थिए ।नेपाली कांग्रेसलाई स्थानीय तह देखि क्षेत्र, जिल्ला,र देशैभरी अग्रणी तथा एक नम्बरको पार्टी बनाउने उद्देश्यका साथ पार्टीको कर्ममा अघि बढीरहेका चुडाल पार्टी प्रवेशको कार्यक्रमलाई अभियानको रूपमा लिएर अघि बढने सोच बनाएको बताउछन् ।

कहिल्यै पनि लोभ र प्रभावमा नपरी ईमान्दारीका साथ आफ्नो काम कर्तब्यप्रति सजक र नेतृवदायी भुमिकामा सधै आफुलाई स्थापित गर्न चाहने चुडाल स्थानीय परिबेशमा असल र इमान्दार नेताको रूपमा परिचित छन् ।

सरकारी कोषबाट प्राप्त सवारीसाधन समेत उनले फिर्ता गरेर उनी आफ्नै निजी सवारी साधन चलाउदै आएका छन् । त्यस बापतको रकम स्थानीय गरीब दुःखीको हितमा प्रयोग गरेका वार्डका कर्मचारी बताउछन् ।

पार्टी भित्र पनि उनको मूल्यांकन महत्वपूर्ण र उच्चस्तरको रहेको पार्टीका कार्यकर्ताको बुझार्इ छ ।

चुडालले आफ्नो उम्मेद्वारी ब्यक्ती र गुटबन्दी बाट टाढा रहेर पार्टीको मुल नीति र सिद्धांन्तलाई आत्मसाथ गर्दै देश र जनताले खोजेको सही अर्थको कांग्रेस बनाउने एक मात्र लक्ष्य रहेको बताएका छन् ।

उनले हल्दीबारीमा कांग्रेसको सभापतिमा आफ्नो उम्मेद्वारी १ सय प्रतिशत नै दाबी रहेको बताउदै सम्पूर्ण हल्दीबारीबासी नेपाली कांग्रेसका आम कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि, नेतागण सबैलाई अमूल्य मत दिएर बिजय गराउन समेत अनुरोध गरेका छन् ।