• उद्धव पुरी

बिर्तामोड । 

नेपाली काँग्रेस झापाको सभापतिमा देउमान थेवेले उम्मेद्वारी दिने निर्णय   गरेका छन् ।  नेपाली काँग्रेसको १४ औं महाधिशन अन्र्तगत हुने निर्वाचनका लागि झापा सभापतिमा थेवेले उम्मेद्वारी घोषणा गरेका हुन् । थेवेले शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाटका क्रममा सभापतिमा आफ्नो उम्मेद्वारी रहने बताए । नेपाली काँग्रेस झापाको असोज १० गते हुने निवाचनका लागि थेवेले उम्मेद्वारी दिने घोषण गरेका हुन् । 

१३ महाधिवेशनमा सहमति र सहकार्य गरको जिकिर गर्दै उनले उम्मेद्वारी दिने निर्णय गरेको बताए । उनले नेता कृष्ण सिटौला, विश्वप्रकाश शर्मा, केशव बुढाथोकी, उद्धव थापालगायत सवैको सल्लाह सुझाव अनुसार नै आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । ‘उम्मेद्वारी घोषणाका विधिविधान होलान्’ सभापति थेवेले भने ‘१३ औं महाधिवेशनमा भएको सल्लाह र सहमति अनुसार नै मैले उम्मेद्वारी घोषणा गरेको हुँ ।’ 

अर्का सभापतिका उम्मेद्वार राम कट्टेलको चर्चा गर्दै थेवेले चुनावसम्ममा सहमति र सहकार्य हुनेमा विस्वस्त रहेको जानकारी दिए । उनले झापाका १५ वटै स्थानीयतहमा भदौ २७ गते हुने निर्वाचन पनि सर्वसम्मत गर्ने प्रयास जारी रहेको बताउँदै झापा गाउँपालिकामा सर्वसम्मत हुने प्रक्रिया पूरा भइसकेको बताए । कनकाई नगरमा पनि सर्वसम्मत नेतृत्व चयन हुने विश्वास थेवेले ब्यक्त गरे । उनले यसअघि झापाका एकसय ३१ वडा मध्ये ६४ वडामा सर्वसम्मत नेतृत्व चयन भएको जिकिर गर्दै अन्य वडामा पनि धेरै पदमा सर्वसम्मत भएको बताए । थेवे झापाका उपसभापतिसमेत हुन् ।