काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन काठमाडौंमा गर्ने तयारी गरेको छ। विधान अधिवेशनलगायत विषयमा छलफल गर्न एमालेले शुक्रबार स्थायी कमिटी बैठक बोलाएको हो ।
बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा अपरान्ह ४ बजे बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
बैठकमा विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्तावेज तथा व्यवस्थापनको तयारी, संसदमा पार्टीको भूमिका तथा समसामाहिक राजनीतिबारे छलफल हुने बताइएको छ ।