काठमाडौँ ।

 प्रतिनिधि सभाको नवौँ अधिवेशनको दोस्रो बैठक भोलि  दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा विभिन्न अध्यादेशहरु पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  

संसद् सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा शपथ सम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।