बिर्तामोड ।

 नेपालका लागि नेपाली पार्टी, नेकपा मालेसहित विभिन्न धार्मिक संघ÷संगठनले एमसीसी विरुद्ध बिर्तामोडमा विरोध जनाएका छन् ।  उनीहरुले बुधवार बिर्तामोडस्थित मुक्तचोकमा एमसीसी खारेज गर्नुपर्ने माग राख्दै विरोध जनाएका हुन् । 

कार्यक्रम साङगदेव संस्कृत बिद्यालयका बटुकहरुले स्वतीक बाचन तथा शंखध्वनी गरेर विरोध शुरु गरेका थिए । उनीहरुले एमसीसी पक्षधरहरुलाई वहिस्कार गरौं, नो एमसीसी, गो ब्याक एमसीसी, राष्ट्रवारी पक्षधरहरु एकजुट हौ, एमसीसी खारेज गरौ जस्ता प्लेकार्डसहित विरोग गरेका थिए । 

कार्यक्रममा नेपालका लागि नेपाली पार्टीका केन्द्रिय सचिव दीपक महाराज आत्रय, केन्द्रिय सदस्य मुकुन्द दाहाल, धार्मिक अभियन्ता गुरु विष्णुदेव, नेकपा माले प्रदेश नं. १ संयोजक खगेन्द्र प्रसाईलगायतको विरोध कार्यक्रममा सहभागी रहेका थिए । 

भिडियो पनि