बिर्तामोड ।
नेकपा एमाले पार्टी फुटेको नभएर केहि असन्तुष्ट पक्ष चैटिएरगएको नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा निर्वाचन विभाग प्रमुख अग्नि खरेलले बताएका छन् ।
झापाको विर्तामोडमा मंगलवार प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले एमालेबाट चैटिएर गएका माधव नेपाल र झलनाथ खनाल लक्षित गर्दै उनीहरुलाई ढाडे विरालोको सज्ञा दिएका छन् ।
खरेलले वर्तमान राजनीति परिवेशको बारेमा वोल्दै अहिलेको काम चलाउ सरकार भएको बताएका छन् । अदालतको परमाधेशबाट आएको सरकार भएको बताउँदै यो सरकारको कुनै तुक नभएको उनको भनाई थियो । ‘काँग्रेसको भान्सामा दुध खान गएका हुन्’ उनले भने ‘ केहि भेट्दैनन् ।’
खरेलले लामो समय पार्टिको नेतृत्वमा वस्दा उनीहरुको बुद्धि भ्रष्ट भएको आरोप समेत लगाए । शेरबहादुर देउवा र प्रचण्डको सेटिङ्गको चंगुलमा परेर नेपाल र खनालले पार्टी विभाजन गरेको उनले आरोप लगाएका छन् । ‘अव अर्को चुनावमा झापाको हकमा रोचक हुने कुरामा दुई मत देखिदैन ।’ उनले भने । उनले केपि ओली समर्थक वरिष्ठ नेता र कार्यकर्ता जनतासँग नजिक हुन थालेको बताएका छन् ।