झापा ।
एमाले अध्यक्ष केपि ओलिको गृह जिल्ला झापामा नेकपा एमालेबाट नेकपा समाजवादीमा शिवसताक्षी नगरपालिका ७ का वडाअध्यक्ष नविन इजम सहित ७ जनाले समाजवादी रोजेका छन ।
आज दिउसो १ बजेसम्ममा ७ जनाले समाजवादी रोजेका हुन । समय अझै बाँकी रहेकोले यो सङ्ख्या बढन सक्ने समाजवादी प्रेस संगठनका पत्रकार नेता तीर्थ सिग्देलले बताए ।
समाजवादी रोजेर सनाखत गर्नेहरुमा जिल्ला समन्वय समिति सदस्य पदम लिम्बु, झापा गाउँपालिका वडा सदस्य इश्वरी दाहाल, शिवसताक्षी वार्डनम्बर ७ का वडाअध्यक्ष नविन इजम,मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन, अर्जुनधारा वडानम्बर ६ का वडासदस्य अर्जुन मेचे, अर्जुनधारा नगरपालिका ३ का वडासदस्य होम दुलाल र भद्रपुर नगरपालिका ९ का वडासदस्य कुन्जा रुचाल रहेका छन् ।
पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा समाजवादीमा जनप्रतिनिधि निल बनाउन सबैतीरबाट सक्दो कोसिस गरेपनि त्यो भने सफल हुन नपाएको जानकारहरुको भनाई छ ।