बिर्तामोड । 

नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्र्तगत झापा अर्जुनधारा नगरपालिका वडा नं. ५ मा गीताराज खड्का (हरि) सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै समतिको उपसभापतिमा नरेन्द्र चम्लागाई र मिनबहादुर बस्नेत, सचिवमा बसन्तवहादुर बुढाथोकी र सहसचिवमा रामकुमार श्रेष्ठ र भरत गिरी चयन भएका छन् । त्यस्तै सदस्यमा चेतनाथ कडरिया, मधुसुधन चम्लागाई, डम्वरबहादुर थापा, कमलसिंह धिमाल, सुजन सापकोटा, हेमनारायण चौधरी छन् ।

त्यसैगरी सदस्यमा लक्ष्मण पौडेल, विनोद भण्डारी, शिवबहादुर थापा, अम्विका कार्की, गोमादेवी धिताल, सीतादेवी वराल, शैलेश अधिकारी, देवी शिवाकोटी, नव पराजुली, आरती बस्नेत, योगराज श्रेष्ठ, सन्तोष धिमाल र हेमनारायण चौधरी चयन भएका छन् । 

निर्वाचनले क्षेत्रिय प्रतिनिधिमा कोपिला घिमिरे, गीता अधिकारी, चन्द्रकुमारी बुढाथोकी, ताादेवी बस्नेत, मनिता सिटौला, रञ्जिता कार्की, सम्झना भण्डारी, कृष्णप्रसाद पौडेल, धनकुमारी भारती, चन्द्रप्रसाद चौधरी, जवहर मिया, विमलराज प्रसाई, शहितबहादुर चौहानलाई चयन गरेको छ । त्यसैगरी क्षेत्रिय प्रतिनिधिमा नारायण पौडेल, प्रमिला तिम्सिना, नमिता विमली, सुनिता प्रसाई, सुनिता पराजुली, मुखमेल धिमाल, कार्तिकलाल राजवंशी, श्यामकुमार प्रधान, अनिताकुमारी धिमाल, तारादेवी श्रेष्ठ र विमलादेवी विश्वकर्मा चयन भएका छन् । 

सभापति खड्काले पदिय जिम्मेवारी सक्रियताका साथ निर्वाह गर्ने प्रतिवद्धता गरेका छन् ।