झापा ।
बलीवुड अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको अवस्था गम्भिर भएको जनाइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनलाई मुम्बईको एउटा अस्पतालको आईसीयूमा राखिएको छ । अभिनेता अक्षय आफ्नी आमालाई हेर्न ब्रिटेनबाट मुम्वई आइसकेका छन् । अक्षय सोमवार नै विरामी आमलाई हेर्न ब्रिटेनबाट आएको बताइएको छ ।

केहिदिनदेखि अस्वस्थ उनकी आमा हीरानन्दानी अस्पतालमा रहेकी छिन् । आमा विरामी भएपछि अक्षय यूकेबाट फिल्म सिंड्रेलाको सुटिङ छोडेर आएका हुन् । अक्षय आफ्नी आमलाई धेरै माया गर्ने भएकाले सुटिङ छोडेर भारत आएका बताइएको छ ।
एजेन्सीको सहयोगमा