झापा । 

नेकपा माओवादी केन्द्र झापाको सह–इन्चार्जमा झलकसिंह दर्लामी सन्देश र संयोजकमा मणिकुमार साम्पाङ विजयले जिम्मेवारी पाएका छन् । 

उनीहरुलाई भदौ १९ गते पार्टीको प्रदेश  समितिको भर्चुवल वैठकले सो जिम्मेवारी दिने निर्णय गरेको थियो भने  भदौ २० गते प्रदेश समिति कार्यालयले प्रदेश  र स्थानीय तहको सम्मेलनसम्मलाई उक्त संगठनात्म जिम्मेवारी दिने निर्णय गरेको हो । 

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भएको भर्चुवल वैठकको निर्णय अनुसार दर्लामीलाई सह–इन्चार्ज र साम्पाङलाई संयोजकको जिम्मेवारी दिइएको पार्टीका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए ।

यसअघि दुवैजना  नेकपा माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य रहेको जनाइएको छ । यसअघि नै  पार्टीले झापा जिल्लाको इन्चार्जमा धर्मशिला चापागाईंलाई जिम्मेवारी दिइसकेको छ ।