काठमाडौं ।
धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले बताएका छन् । अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको थापाको भनाई थियो ।
उनले शासन जनताको छोराछोरीले गरे पनि अभिभावकको रुपमा राजसंस्था राख्नुपर्नेमा जोड दिए । थापाले निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने बताए । राजनीतिलाई भ्रष्टाचारतर्फ उन्मुख गराउने निर्वाचन प्रणालीले नेता, भ्रष्टाचारी, माफिया, कर्मचारी र बिचौलियाको गठबन्धन झन् बलियो बनाउनेतर्फ सजग हुनुपर्ने थापाले बताए । थापाले राजनीतिलाई कमाई खाने माध्यम बनाउन दिन नहुने बताए ।
उनले भ्रमलाई चिरेर पार्टी र विचार स्थापना गर्ने अभियानमा सक्रियतापूर्वक क्रियाशील हुन आग्रह गरे।
तस्वीर गुगलबाट