काठमाडौं  ।

 माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रदेशमा  इन्चार्ज तोकेको छ ।पार्टीले छ वटा प्रदेशमा इन्चार्ज तोकेको हो । 

प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई प्रदेशको  इन्चार्जको  जिम्मेबारी दिएको जनाइएको छ ।

त्यसुैगरी उपत्यका विशेष प्रदेश इन्चार्जमा विश्वनाथ प्याकुरेल र जनसम्पर्क विशेष प्रदेश इन्चार्जमा विजय गुरुङलाई तोकेको छ ।  मोर्चा इञ्चार्जमा विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाहलाई चयन भएका छन् ।